अवैधरुपमा पोखरा बसेका विदेशीलाई अध्यागमन विभाग पठाइयो

पाेखरा | असार ६, २०८१

अवैधरुपमा पोखरा बसेका विदेशीलाई अध्यागमन विभाग पठाइयो

कास्की:   जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका भित्र अवैध रुपमा बस्दै आएका पर्यटकलाई आवश्यक कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पाठाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटक प्रहरीसँग समन्वय गरी बुधबार पोखरा ६ लेकसाइड बस्दै आएका क्यानेडियन नागरिक र पोखरा १८ सराङकोट बस्दै आएका जर्मनी नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 

 

उनका अनुसार पर्यटक प्रहरी कार्यालय कास्कीले गत अप्रिल महिनादेखि हालसम्म गैरकानूनी रुपमा नेपालमा बस्दै आएका युके, क्यानडा, जर्मनी, इजरायल, चिली, कोष्टारिका र रिपब्लिक अफ कंगोका गरी कुल १२ जना विदेशी नागरिकलाई सम्बन्धित देशमा फिर्ता पठाउनको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाएको थियो ।
 

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्